एमाले कालिकोटको समानान्तर कमिटी समाजवादीमा रुपान्तरण



कालिकोट। नेकपा एमाले कालिकोटको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा रुपान्तरण गरिएको छ।

शुक्रबार जिल्लाको सदरमुकाम मान्नमा पहिलो जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममार्फत समानान्तर कमिटीलाई एकीकृत समाजवादीमा रुपमान्तरण गरिएको अध्यक्ष विश्वराज बमले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।

कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आफूहरुलाई फ्लोर क्रस गर्न सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेशकुमार भट्टराईले उक्साएको खुलासा गरेका छन्।

अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा मन्त्री शाहीले एमालेका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम र योगेश भट्टराईले केपी ओलीको दम्भ र अहंकारका विरूद्ध फ्लोर क्रस गरेर भए पनि अघि बढ्नुस् भन्दै बारम्बार दबाब दिएको खुलासा गरेका हुन्। माधव नेपाललाई पटकपटक उक्साएर पार्टीलाई यो अवस्थामा पुर्याउने पनि उनीहरु नै जिम्मेवार रहेको मन्त्री शाहीको भनाइ छ। मन्त्री शाहीले केपी ओली र प्रदेशमा यमलाल कँडेलको दादागिरीलाई तिर्नका लागि फ्लोर कस गरेको स्पष्ट पारेका छन्।

कालिकोटका अधिकांश एमालेका जिल्ला नेता तथा कार्यकर्ता माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका छन्। ६८ सदस्यीय जिल्ला कमिटी सदस्यमध्ये ४० जनाभन्दा बढी एकीकृत समाजवादीमा खुलेका छन्। जिल्लाको खाँडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्ट, नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट, शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाई र उपाध्याक्ष पम्फा शाही एकीकृत समाजवादीमा लागेका छन्।

यस्तै, २४ वडाध्यक्ष मध्ये खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही, ४ का वडा अध्यक्ष धनसिंह कामी, नयाँ पार्टीमा लागेका छन्। पचालझरना गाउँपालिका–१ का वडाध्यक्ष रत्नलाल न्यौपाने, रास्कोट नगरपालिका ९ का डबल वोगटी, सान्नीत्रिवेणी ७ का मनिराम सिम्खडा, ८ का जनक केसी पनि नयाँ पार्टीमा खुलेका छन्।

यसैगरी, नरहरीनाथ गाउँपालिका– ३ का टक्कबहादुर विष्ट, शुभकालिका गापा ४ का रामहादुर शाही, ५ का केशन शाही, ६ का कर्णबहादुर खत्री, महावै ५ का धर्मराज शाही, वडा नं २ की गहुँकला सिंह पनि नयाँ दलमा छन्।  नेकपा एमाले कालिकोटको नवौँ महाधिवेशनमा नेपाल पक्षका ३५ जना निर्वाचित थिए। अहिले एकीकृत समाजवादीमा ४० भन्दा बढी सदस्य समाजवादीमा लागेका हुन्।

अध्यक्ष विश्वराज बमका अनुसार मर्मजंग बम, दन्त बम, होविन्द सन्ज्याल, रन रोकाया, डबल वोगटी छन्। मनिराज बराल, गोरख शाही प्रतिक, भुपेन्द्र बम, मनिराम सिम्खाडा, ललितजंग बम, अग्रबहादुर बोगटी, कृष्णकला पाण्डे पनि एकीकृत समाजवादीको जिल्ला भेला तथा प्रशिक्षणमा सहभागी भएका छन्।

यस्तै, धनबहादुर विष्ट, गोरख बटाला, जयरुप बटाला, दानबहादुर सहकारी, जजराज शाही, पुष्पराज आचार्य, दलबहादुर शाही, प्रकाश शाही, जनक सेजुवाल, चित्रसिंह गाउँले पनि एकीकृत समाजवादीको भेलामा सहभागी भएका थिए।

यस्तै, टेकबहादुर शाही, श्रीबहादुर शाही, ऐनबहादुर शाही, तारा कुमारी शाही, बलिराज शाही, तिलबहादुर शाही, राधीका शाही, कमल बहादुर शाही, मदन चौलागाईं, रवीन्द्र शाही, वीरबहादुर शाही, दुर्गा शाही न्यौपाने, चन्द्रबहादुर शाही, अर्जुन ऐडिलगायत जिल्ला स्थित नेता एकीकृत समाजवादीमा लागेका छन्।

६८ सदस्यीय जिल्ला कमिटी रहेको नेकपा एमालेमा ४० भन्दा बढी जिल्ला कमिटी सदस्य एकीकृत समाजबादीमा लागेको नेता रबिन्द्र बहादुर शाहीले जानकारी दिए। प्रशिक्षण कार्यक्रमको संचालन युवा नेता चित्रसिंह गाउलेले गरेका थिए।

संविधानसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का नेता तुलाराज बिष्टले पटकपटक प्रधानमन्त्री र पटकपटक राष्ट्रपति आफै भएर पनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने केपी ओली र बिधा भण्डारी कम्युनिस्ट नभएको आरोप लगाए। पार्टी अध्यक्ष विश्वराज वमको अध्यक्षतामा सम्पन्न भेलालाई नेताहरु बिजया बिष्ट, चित्रसिंह गाउँले,कमलबहादुर शाही,चन्द्रबहादुर शाहीका साथै नरहरिनाथ गाउँ पालिका अध्यक्ष धिरबहादुर बिष्ट र शुभकालिका गाउँ पालिका अध्यक्ष खडानन्द चौलागाईं लगाएतले सम्बोधन गरेका थिए।