नेकपा (एस) को संगठन निर्माणमा केन्द्रित हुन नेता शाहीको आग्रह



कालिकोट। नेकपा (एकीकृत समाजवादी) को पहिलो जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका स्थायी कमिटी सदस्य मेघराज शाहीले पार्टीको संगठन निर्माणमा केन्द्रीत हुन आग्रह गरेका छन्।

नेकपा (एकीकृत समाजवादी) को पहिलो जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता शाहीले एमालेका नेताहरू कता लागे वा के गरे ? भन्दा पनि एकीकृत समाजवादी पार्टीलाई कसरी प्रभावकारी बनाउनेरु भन्ने बारेमा गम्भीर हुन आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘राष्ट्रिय नेताहरू को कतातिर लागे रु भनेर औला गिन्ती गर्दै बस्दैनौं। आफ्नो संगठन गठन गर्न स्थानीय तहदेखि केन्द्रसम्म इमान्दारपूर्वक लाग्छौ। सबैलाई एकजुट भएर अघि बढ्न आग्रहसमेत गर्दछु।’

शुक्रबार जिल्ला सदरमुकाम मान्नमा अध्यक्ष विश्वराज बमको सभापतित्व तथा संविधानसभा सदस्य तुलाराज विष्टको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा बाग्लो उपस्थिति रहेको थियो। कार्यक्रममा कर्णली प्रदेशका कृषि मन्त्री कुर्मराज शाहीको पनि उपस्थिति रहेको थियो।