अन्तत: रोनाल्डोले युभेन्टस् छाड्ने



काठमाडौँ। ह्यारी केनलाई भित्र्याउन म्यानचेस्टर सिटी असफल भयो। तर, अब क्रिष्ट्रियानो रोनाल्डोलाई भित्र्याउन आतुर भएर बसेको छ। किनकी, यही समय रोनाल्डोले युभेन्टस् छाड्ने निर्णय लिएका छन्।

स्पेनिस वेवसाइट मार्काका अनुसार रोनाल्डोले यस विषयमा प्रशिक्षक मास्सिमिलिआने एलिग्री र टेक्निकल डाइरेक्टर पाभेल नेदभेदलाई जानकारी दिइसकेका छन्। यसअघि रोनाल्डोले क्लबमै बस्ने निर्णय गरेका थिए। तर, पछिल्लो समय उनको मुड परिवर्तन भइसकेको छ।

युभेन्टस् अहिले रोनाल्डोका लागि उपयुक्त मुल्यको प्रतिक्षामा छ। मार्काका अनुसार ३ करोड युरोको हाराहारीमा रकम प्राप्त भए युभेन्टस्ले उनलाई बेच्नसक्छ। रोनाल्डोलाई भित्र्याउने अभियानमा म्यानचेस्टर सिटी निकै अघि छ।