काबुल विमानस्थलमा आत्मघाती बम बिस्फोट, १३ जनाको मृत्यु



काबुल। अफगानिस्तानको राजधानी काबुल बिमानस्थल बाहिर आत्मघाती बम बिस्फोट भएको छ। विष्फोटमा परी कम्तिमा १३ जनाको मृत्यू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सार्वजनिक भएका तस्बीरमा केही मानिस घाइते अवस्थामा देख्न सकिन्छ। अमेरिकाले विष्फोटमा अन्तर्राष्ट्रिय आतंकबादी संस्था आइएसको हात हुन सक्ने जनाएको छ। नेपालको परराष्ट्र मन्त्रालयका अनुसार काबुल बिमानस्थल बाहिर ४० भन्दा बढी नेपाली उद्दारको पर्खाइमा रहेका छन्।