खाली पेटमा यि कुरा सेवन गर्नु हुँदैन



काठमाडौँ। निरोगी रहनका लागि खानेकुरामा ध्यान दिन जरुरी छ। स्वस्थ जीवनशैली र खानपानमा ध्यान दिँदा धेरै रोगहरुबाट बच्न सकिन्छ।

तर, खानेकुरा खाँदा बारम्बार गरिने गल्तिहरुका कारण विभिन्न प्रकारका रोगहरुले सताउने गर्छ। खानेकुरा खाने निश्चित समय हुन्छ। खानेकुरालाई कुन समयमा सेवन गर्दा यसले सकारात्मक असर गर्छ भन्ने कुरालाई ध्यान दिन आवश्यक छ। यस्तै, केही खानेकुराहरु खाली पेटमा खाँदा नकारात्मक असर पुग्छ।

अम्बा

बिहान खाली पेटमा अम्बाको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिदैन । खाली पेटमा अम्बा खाँदा पेटमा ग्यास पैदा हुन्छ । यसकारण पेट फुल्ने समस्या पैदा हुन्छ । खाली पेटमा अम्बा खाँदा कहिलेकाँही पेट दुख्ने समस्या पनि आउँछ ।

टमाटर

खाली पेटमा टमाटरको सेवनले पेटमा एसिडिटी पैदा हुन्छ । बिहान बिहानै खाली पेटमा टमाटर खाँदा पेट पोल्ने, ग्यास पैदा हुने र पेट दुख्ने समस्या पनि आउँछ ।

अमिलो फलफूल

खाली पेटमा अमिलो फलफूलको सेवन घातक मानिन्छ । यस्ता फलफूलहरुमा सुन्तला, मौसम र अन्य फलहरु पर्दछन् । यसले पाचनतन्त्रमा असर गर्छ र स्वास्थ्य बिगार्छ ।

चिया

खाली पेटमा चिया पिउनु पनि स्वास्थ्यका लागि नराम्रो मानिन्छ । यसले पेटमा ग्यास पैदा गर्छ भने पेट दुख्ने समस्या पनि गराउँछ । खाली पेटमा चिया पिउँदा दिनभर थकान र निन्द्रा लाग्ने गर्छ ।