माधव र महन्तको पार्टीले पाए वैधता



काठमाडौँ। एमालेका पूर्व महासचिव तथा पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्त ठाकुरको नेतृत्वमा प्रस्ताव गरिएको लोकतान्त्रीक समाजवादी पार्टीले आधिकारिकता प्राप्त गरेका छन्।

बुधबार निर्वाचन आयोगले दिएको दल दर्ताको प्रमाणपत्रमा नेकपा (एस) को कार्यालय नयाँ बानेश्वर उल्लेख गरिएको छ भने लोसपाको बबरमहल तोकिएको छ। एमालेबाट विभाजित भएको नेकपा एसको कार्यालय ठेगाना नयाँ बानेश्वर उल्लेख गरियता पनि आधिकारिक कार्यालय भने खुलिसकेको छैन।

यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय ठेगाना बबरमहल तोकिएको छ। तत्कालीन तमलोपाको पार्टी कार्यालय नै नयाँ पार्टीको कार्यालय हुने बताइएको छ। निर्वाचन आयोगले बुधबार सनाखत गरेपछि दुबै पार्टीलाई आधिकारिकता दिएको हो।