मकैबारिमा १६ वर्षीया बालिकाको शव भेटियो



सुर्खेत। कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका वडा नं ६ दाहामा १६ वर्षीया एक बालिकाको शव मकैबारिमा भेटिएको छ।

स्थानीय रत्ने बिश्वकर्माकी १६ वर्षीया छोरी निरु बिश्वकर्माको शव सोमबार मकैबारिमा फेला परेको हो। निरुकाे बलात्कारपछि हत्या भएको प्रहरीकाे आशंका छ।

भदौ ४ गते मन्दिर जान्छु भनेर निस्किएकी निरुकाे ७ गते आफ्नै घर नजिककैकाे मकैबारीमा आधा शरीर जंगली जनावरले खाएकाे अवस्थामा भेटिएकी थिइन्।

बालिका हराएको सूचना परिवारले नदिएको र अरुबाट सुचना पाउनसाथ अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल कालिकोट ल्याइएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक भुपेन्द्र शाहीको नेतृत्वमा अनुसन्धानको लागि प्रहरी टोली घटनास्थल पुगेको छ।