धनुषा। आफ्नै बाबु ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती ३० वर्षीया अमृता कुमारी मण्डलको हत्या गरेको अभियोगमा मिथिलाबिहारी नगरपालिका(५ ललिया बस्ने ३५ वर्षीय भागेश्वर कुमार मण्डललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेक छ।
घरायसी विवादको कारण भागेश्वरले गएराति कोदालो, लाठी र डोरीको सहायताले हत्या गरी शवलाई घरबाट करिब १ सय मिटर टाढा रहेको आँपको बगैँचामा खाल्डो खनेर पुरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो।
लासमाथिबाट घिरौलाको लहराले छोपिराखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा, ईलाका प्रहरी कार्यालय धनुषाधाम र प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले खाल्डो उत्खनन गर्दा उनीहरूको शव फेला पारेपछि भागेश्वरलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।