काठमाडौँ। नायिका तथा सामाजिक अभियन्ता रेखा थापाले सडकदेखि सदनसम्म महिलाहरुलाई मजाक र मनोरञ्जनको विषय बनाएको प्रति आपत्ति जनाएकी छन्।
गाइजात्राको अवसरमा प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई व्यग्य कस्नका लागि केही काटुनिस्टहरूले महिलाका पहिरन प्रयोग गरेर कार्टुन प्रकाशित गरेपछि नायिका थापाले उक्त विषयलाई लिएर आपत्ति जनाएकी हुन्।
मंगलबार सामाजिक सञ्जाल फेशबुकमा स्टाटस लेख्दै नायिका थापाले पुरुषलाई गालि गर्नका लागि पनि महिलाको हुलिया र पहिरन प्रयोग गर्ने भन्दै प्रश्न गरेकी छन्।
उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छ, ‘महिलालाई सडकदेखि सदनसम्म मजाक र मनोरञ्जनको विषय बनाएको कुरा सबैलाई हेक्का भयो होला अब। पुरूषलाई गाली गर्न पनि महिलाको प्रयोग नभई नहूने? गाईजात्रा।’