नेकपा (एकीकृत समाजवादी) को खाका कोर्न चन्द्रागिरीमा



काठमाडौँ। प्रस्तावित नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले नव गठित पार्टीको खाका कोर्न चन्द्रागिरीमा उपस्थित भएको बताएकी छन्।

साथै उनले १० बुँदे कार्यान्वयनको लागि पहल थालिरहेका नौ जना नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको टाङमुनि छिरेको दाबी गरेका छन्। सोमबार प्रस्तावित पार्टीको केन्द्रीय कमिटी बैठक राखिएको चन्द्रागिरि रिसोर्टको केबलकार स्टेशनमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्।

उनले भनिन्, ‘उहाँहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहित ९ जना) केपी ओलीको टाङमुनि जानुहुन्छ भन्ने थाहा थियो।’ सोमबारै नेकपा एकीकृत समाजवादीको अन्तरिम विधान अध्ययनका लागि वितरण गरिएको थियो।

त्यसमाथि मंगलबार दिनभर ३१ जना सांसदसहित छलफल गरेर निर्णय गर्ने उनले बताइन्। ‘बुधबार निर्वाचन आयोगबाट नया दलको मान्यता पाएपछि हामी काम अगाडि बढाउँछौँ’, उनले भनिन्।