‘कम्युनिष्ट आन्दोलन पुनर्गठनका लागि एकीकृत हुन अपिल’



काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वार्ताको नाममा कसैले भ्रममा नपर्न अनुरोध गरेका छन्।

सोमबार राती सामाजिक संजाल फेशबुकमार्फत अध्यक्ष नेपालले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने अभियानमा दृढतापुर्वक उभिन अनुरोध गरेका छन्।

उनले लेखेका छन्, ‘दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सॅस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयॅा कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्।’

उनले अगाडि लेखेका छन्, ‘अत: यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु।’