बालकोट सहमति अवसरवादको नौलो रूप: अध्यक्ष पराजुली



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले एकताको नाममा भनिएको दश बुँदेको कुनै औचित्य नभएको दाबी गरेको छ।

सोमबार अनेरास्ववियुका अध्यक्ष सुदेस पराजुलीले सामाजिक सञ्जालमार्फत १० बुँदेको कुनै औचित्य नभएको स्पष्ट पारेका हुन्। उनले एकताको नाममा अवसरवाद देखा परेको भन्दै त्यसले समस्या झन् बल्झिएको बताए।

उनले भनेका छन्, ‘हाम्रो लडाइँ पदीय व्यवस्थापन थियो कि ? हामीले भनेको प्रतिगामीलाई परास्त गर्नु थियो ? यसको पुष्टि हुनु पर्दैन ? के सर्वोच्चको फैसला वेठिक थियो भन्ने आँट साहस छ अहिलेको एकता राप जपिरहनेहरुलाई? के संसद पटक पटक विघटन ठिक हो भन्नसक्ने आँट छ, एकता नाममा अगुवाई गर्नेलाई?’

माधव नेपाललाई साथ नदिएका नेता र पार्टी अध्यक्ष केपी ओलीबीच बालकोटमा १० बुँदे कार्यन्वन गर्ने सहमति भएसँगै नेपाल निकटका भातृ संघहरुले भ्रममा नपर्न अपिल गरेका छन्। यसअघि युवा संघले यस्तै अपिल गरेको थियो। ‘एकताको नाममा नयाँ अवसरवादको नौलो रुप मात्र हो बालकोट यात्रा’ पराजुलीले भनेका छन्।