तत्काल अफगानिस्तान छाड्न अमेरिकालाई तालिबानको चेतावनी



काठमाडौँ। तालिबानले अफगानिस्तान छोडर जानका लागि पश्चिमी देशलाई दिइएको ३१ अगस्टसम्मको समयसीमा नबढाइने बताएको छ।

तालिबानका प्रवक्ता सुहैल शाहीनले यस्तो बताएका हुन्। उनले ३१ अगस्ट अन्तिम मिति भएको दोहोराएका छन्। उनले भने, ‘राष्ट्रपति जो बाइडेनले यो मितिसम्म अमेरिकी फौज अफगानिस्तानबाट बाहिरिने बताएका छन् र यो मितिपछि पनि बसेको खण्डमा अफगानिस्तानलाई कब्जाको रुपमा हेरिनेछ ।’

उनले यो दिशामा कुनै परिवर्तन भएको खण्डमा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। बेलायतका प्रधानमन्त्री बोरिस जोनसन मंगलबार गु्रप–सेभेन देशको बैठकमा राष्ट्रपति बाइडेनसँग काबुलमा थप समय बस्नका लागि भनेका छन।