ओली र तेस्रो धारका नेताबीच १० बुँदे कार्यान्वयन गर्ने सहमति



काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरूबीच १० बुँदेको कार्यान्वयन गर्ने सहमति भएको छ।

अध्यक्ष ओलीको निवासमा सोमबार भएको छलफलमा यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका लागि मंगलबार स्थायी कमिटीको बैठक बस्ने भएको हो।

२०७५ जेठ २ को अवस्थाको एमाले स्थायी समिति बैठक बस्ने र त्यसैअनुरुप अघि बढ्ने सहमति भएको एमाले सचिव गोर्कण विष्टले जानकारी दिइका छन्।

बिष्टले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले सहमति जनाएको बताएका छन्।