घनश्याम कमरेडको दृष्टिमै अन्यौलता छ: अध्यक्ष शाही



सुर्खेत। नेकपा एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही ‘नेसनल’ ले १० बुँदे कार्यान्वयन गर्ने कुरा मनासिव भए पनि समय अघि बढि सकेको स्पष्ट पारेका छन्।

आइतबार सामाजिक सञ्जाल फेशबुकमार्फत एमालेका ९ जना नेताहरुले जारी राखेको प्रयासतर्फ इंगित गर्दै अध्यक्ष शाहीले उक्त कुरा बताएका हुन्। उनले लेखेका छन्, ‘१० बुदें प्रस्ताव कार्यनयन गरौ भन्ने कुरा मुनासिव छ। जुन प्रस्ताव स्थानीय तहमा कार्यनयन हुदै गइरहेको छ।’

उनले नयाँ पार्टी निर्माण गरेर हिडिसकेका व्यक्तिहरुलाई पार्टी एकताका निम्ति भन्दै दबाब दिनु फण्डा भएको टिप्पणी गरेका छन्। उनले अगाडि लेखेका छन्, ‘तर, अर्को पार्टी खोलेका मनुवालाई पनि एकता निम्ति दबाब भन्दै गरिने फण्डा नेकपा (एमाले) का निम्ति स्विकार्य हुन सक्दैन। यस्ता जगहसाई हुने फण्डामा नलागी पार्टी काममा फर्कदा नै स्वयम् ९ भाई र पार्टीका निम्ति लाभदायक हुने देखिन्छ।’

त्यस्तै शाहीले अर्को स्टाटसमा पार्टीका उपमहासचिव घनश्याम भुसालले मिडियामा दिएको अन्तरवार्तालाई लिएर दृष्टि, सोचमा पनि अन्यौलता र अलमलले डेरा जमाएको टिप्पणी गरेका छन्। उनले द्वन्द्वात्मक भौतिकवाद वेगरका छन्दरूपी विश्लेषणका पुष्टाईले कसरी पार्टी निर्माण होला? भन्दै उपमहासचिव भुसाललाई प्रश्न गरेका छन्। अध्यक्ष शाहीले आग्रहपुर्ण सोचवाट मुक्त हुने हो भने मात्रै पार्टी निर्माणको वर्तमान आधार बन्ने दाबी गरेका छन्।

अध्यक्ष शाहीले नेकपा एकीकृत समाजवादी निर्माण गरेका माधव नेपालतर्फ इंगित गर्दै फुटवादीहरूलाई एकताबाट होइन संघर्षवाट परास्त गरी पार्टी र आन्दोलनको रक्षा गर्नु पर्नेमा जोड दिएका छन्।