नदिमा वेपत्ता जयसिंह र रामसिंह अझैं भेटिएनन्



बर्दगोरिया। बैतडी जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुका ४२ वर्षीय रामसिंह साउद शुक्रबार दिउँसो १ बजेतिर सुर्नया नदी तर्ने क्रममा बेपत्ता भएका छन्।

बेपत्ता रहेका रामसिंहको अवस्था अज्ञात रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। बेपत्ता साउदको प्रहरी र स्थानीयवासीले खोजी जारी राखेका भए पनि लगातारको वर्षाले समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

त्यस्तै गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले तुइन काटेपछि दार्चुला व्यासका ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएका थिए। आजसम्म उनको शव पनि भेटिन सेकेको छैन।

उक्त घटनाको अनुसन्धान गर्न भदौ १ गते पुन एक साताका लागि म्याद थप गरि छानविन समितिले अनुसन्धान प्रतिवेदन लेख्दैछ। सरकारले जयसिंह धामी वेपत्ताका सम्बन्धमा छानविन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न ढिलाई गरिरहेको छ। छानविन टोली काठमाडौँ फर्किए पनि प्रतिवेदन लेख्नका लागि भन्दै तेस्रोपटक समय थप गरिएको हो।

गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुला व्यास २ का जयसिंह धामीको भारतीय सुरक्षाकर्मी एसएसबीका जवानहरूले तुइन काटीदिएपछि नदीमा खसेर बेपत्ता भएका थिए। २३ दिन वितिसक्दा पनि जयसिंहको बारेमा सरकारले अनुसन्धानको प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन।