नायिका थापाले मनाईंन ३७औं जन्मोत्सव



काठमाडौँ। नायिका रेखा थापाले आफ्नो ३७ औं जन्मोत्सव मनाएकी छन्।

राजधानीको टंकाल स्थित एक रेष्टुरामा नायिका थापाले आफन्तसँगी सिमित साथीभाईहरूको जमघटबीच ३९औं जन्मोत्सव मनाएकी हुन्। नायिका थापा मोरङमा जन्मिएकी हुन्।

थापाको जन्मोत्सवको अवसरमा कलाकर्मी, समकक्षी, राजनीतिकर्मी, साथीभाईलगायत थुप्रैले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन्।

चलचित्र क्षेत्रमा अभिनेत्री, निर्माता र निर्देशकको परिचय बनाउन सफल भएकी थापा सामाजिक अभियन्तासमेत हुन्। फिल्म क्षेत्रमा उनलाई हिरोको, हिम्मतवाली र लेडी सिंघम भनेरसमेत चिन्ने गरिन्छ।