बडिमालिका दर्शन: नेतालाई मस्ती, जनतालाई सास्ती



कालिकोट। कालिकोट र बाजुराको सीमानामा पर्ने बडिमालिका मन्दिर दनर्शनका लागि भक्तालुहरूको भिड लागेको छ।

साउने पन्चमीको दिन ‘आज’ लाग्ने मेलामा देशका विभिन्न जिल्ला तथा सहरबाट भक्तजनहरु बडिमालिका पुग्ने गर्दछन्। बडिमालिका माईको पूजाआजा गरेमा मनोआकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। बडिमालिकाको दर्शनका लागि १५ देखि ६० वर्ष उमेरसम्मका तिर्थालु तथा भक्तजनहरू जाने गर्दछ्न।

चिरपरिचित तिर्थस्थल बडिमालिका मन्दिरसम्म पुग्ने मोटर बाटो नभएका कारण तिर्थालहरु दिनहुँको पैदल यात्रा गर्न बाध्य छन्। कालिकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिकाले भक्तालुहरूको सुविधाका लागि भन्दै संघ, प्रदेश र स्थानीय सरकारको २ कराेड १३ लाख बजेटमा बाटो निर्माण गरिरहेको छ।

एकवर्षमै बाटो काटिसक्ने लक्ष्य लिएको गापाले अहिलेसम्म जम्मा १.६ किलोमिटर रोड काटेको देखिन्छ। इन्जीनियर कमल बमका अनुसार बाटो कुल १४ किलोमिटर रहेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सान्नीत्रिवेणीका अध्यक्ष डम्बरबहादुर शाहीको पहलमा २०७६ सालमा सुरु गरिएको बाटो निमार्णको कामले तीव्रता पाउनभन्दा पनि अनियमितता र लाप्रवाही निम्त्याइरहेको छ।

नेतालाई मस्ती, जनतालाई सास्ती

कालिकोट र बाजुराको सीमानामा पर्ने बडिमालिका मन्दिर दनर्शनका लागि सान्नित्रिवेणी गाउँपालिकाले कर्मचारीहरुलाई हेलिकोप्टर चार्टर गरेर ओसारपसार गरेको छ।गापाका प्रमुखप्रशासकीय अधिकृत नेत्रराज शाहीका अनुसार कर्मचारीहरुलाई हेलिकोप्टरमार्फत बडिमालिकाको दर्शन गर्ने वातावरण मिलाई छ। कर्मचारीहरुको एक महिनाको तलव काट्नेगरी हेलिकोप्टरमार्फत ओसार पसार गरेको शाही बताउँछन्।

कुनै बेलाका राजा महाराजाहरू यसरी नै धार्मिक यात्रा गर्थे। ठिक त्यसैगरी आज कम्युनिष्ट विधारधारा बोकेका तथा नजताको करबाट पालित पोसित कम्युनिष्टहरुले पनि आशक्त धार्मिक आचारण देखाइरहेका छन्। वामभन्दा पनि रामनाम जप्नतिर उद्दत नेपाली कम्युनिष्टहरु पारदर्शीतामा समेत कमजोर देखिएका छन्।

साथै गापा अध्यक्षलगायत हुनेखानेहरु हेलिकोप्टरमार्फत बडिमालिको दर्शन गर्न पुगेका छन्। जनप्रतिनिधिहरुको व्यवहारलाई दिएर स्थानीयहरु आक्रोशित बनेका छन्। नेताहरुलाई मस्ती र जनताहरुलाई सास्ति दिने काम भएको भन्दै स्थानीयले समयमै बाटो निमार्ण गर्न र विकासका कामहरुमा पारदर्शीता कायम राख्ने अनुरोध गरेका छन्।

अहिले परिवारसहितको हेलिकप्टरको सवार गरेर बढीमालिका तिर्थस्थल पुगेका छन भने जनतालाई उहीँ पहिलेको जस्तै पीडा रहेको छ। गत वर्ष पनि बडिमालिका दर्शनका नाममा गाउँपालिका अध्यक्ष शाहीले १० लाख हिनामिना गरेको आरोप लागेको थियो।