काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले माधवकुमार नेपालको नेतृत्वमा नव गठित तथा प्रस्तावित नेकपा (एकीकृत-समाजवादी) काे पक्षमा लागेको जानकारी दिएका छन्।
नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका खनालले नेता नेपाललाई साथ दिने निर्णय गरेका हुन्। सुरुदेखि नै खनाल र नेपाल एउटै कित्तामा उभिदै आएका छन्।
‘भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनाल नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं,’ खनालको सचिवालयले भनेको छ।