कांग्रेस नेता शाहीद्वारा अस्पतालको स्तरवृद्धिका बारेमा छलफल



कालिकोट। जिल्ला अस्पताल कालिकोटलाई प्रभावकारी र सशक्त बनाउनका लागि आवश्यक प्रक्रियाको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको पहलमा अस्पतालको प्रशासनिक तथा परिवारसँग बसेर अस्तालले दिदै आएको सेवालाई थप प्रभावकारी बनाउन र आगामी दिनमा अस्पताललाई भरपर्दो रुपमा स्थापित गर्नका लागि आवश्यक कदमका बारेमा परामर्श गरिएको हो।

नेता शाहीले सामाजिक सञ्जाल फेशबुकमार्फत अस्पताललाई ५० वेडमा स्तरवृद्धि गर्ने, सेवा प्रभावकारीतालगायतका विषयमा छलफल भएको जानकारी दिएका छन्।

उनले लेखका छन्, ‘अस्पतालको स्तरवृद्धि गरेर ५० बेडको अस्पताल बनाउने, सेवाग्राहिलाई छिटोछरितो र प्रभावकारी सेवा प्रदान गर्ने, सबै रोगको उपचार कालिकोटमै हुने व्यवस्था गर्नका लागि कार्यालाय प्रमुखसहित स्वाथ्यकर्मी र कर्मचारी साथिहरुसङ आज विषेश अन्तरक्रिया गरियो।’

अन्तक्रियामा अस्पताल प्रमुख डा.रत्नबिर सुनार, कांग्रेस महासमिति सदस्य टेकराज शाही, प्रदेश (ख) का सभापति दमन शाही, संगठन बिभाग प्रमुख नन्द बहादुर शाही, नेविसंघका कार्यवहाक अध्यक्ष जगतजंग बिष्ट, पत्रकार महासंघ कालिकोट अध्यक्ष भरतराज बिष्ट, लगाएतको उपस्थिति रहेको थियो।