काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रस्तावित नेकपा (एमाले-समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबी बालुवाटारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री देउवा र अध्यक्षद्वय प्रचण्ड र नेपालबीच बिहीबार बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले भेटवार्ता जारी रहेको सेतोपाटीलाई बताए।
सरकारले अध्यादेश ल्याएपछि नेपालले बुधबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तारलगायत विषयमा कुराकानी भएको स्रोतको भनाइ छ।