काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन्।
बुधबार राति सवा ९ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पौडेलले राजीनामा बुझाएका हुन्। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले तत्कालै मुख्यमन्त्री पौडेलको राजीनामा स्वीकृत गरेका छन्।
प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन्। बुधबार राति सवा ९ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पौडेलले राजीनामा बुझाएका हुन्।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले तत्कालै मुख्यमन्त्री पौडेलको राजीनामा स्वीकृत गरेका छन्। प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको छ। आज मात्रै एमाले संसदीय दलकी नेता बनेकी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने भएकी छन्।




