अष्टलक्ष्मी शाक्य संसदीय दलको नेतामा निर्विरोध



काठमाडौँ। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमाले वाग्मती प्रदेशको संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएकी छन्।

एमाले संसदीय दलको बैठकले शाक्यलाई प्रदेश संसदीय दलको नेतामा चयन गरेसँगै शाक्य मुख्यमन्त्री बन्‍ने बाटो खुलेको छ। मुख्यमन्त्री डोरमणी पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई दलको नेता बनाइएको हो।

हटौंडास्थित प्रदेश सभा सचिवालयमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्त रुपमा दलको नेतामा चयन गरेको एक सांसदले जानकारी दिए। वाग्मती प्रदेशमा एमालेको स्पष्ट बहुमत रहेको छ। तर, अब केन्द्रमा पार्टी विभाजन भइसकेको अवस्था छ।