सुनथराली एफ.एम.को नियमित प्रसारण आरम्भ



काठमाडौँ। नरहरिनाथ गाँउपालीकाद्धारा संचालित रेडियो सुनथराली एफएम नियमित सञ्चालनमा आएको छ।

‘शान्ति, विकास र समृद्धिको समावेशी आवाज, रेडियो सुनथराली एफ एम ९०.६ मेघाहर्ज’ भन्ने मुल नाराका साथ मंगलबारदेखि नियमित रूपमा एक कार्यक्रमबीच परिक्षण प्रसारण पूरा गरि नियमित प्रसारणको यात्रा थालनि गरेको हो।

रेडियोको नियमित उद्धघाटन गाउँपालिकाका अध्यक्ष धिरबहादुर बिष्टले गरेका हुन्। गाउँपालीकाका उपाध्यक्ष मनशोभा बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा कालीकोटका पुर्वअध्यक्ष तुलाराम पाण्डे, वडा अध्यक्षहरु, शिक्षा शाखा प्रमुख राम प्रसाद भुषालको उपस्थिति थियो।

त्यस्तै स्वास्थ्य शाखा प्रमुख अमर बटाला, प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँका प्रमुख डा.जितेन्द्र महत्तो, रोजगार शाखा संयोजक दिपेन्द्र बुढा, उद्योग विकास शाखा प्रमुख दिपेन्द्र विष्ट, कार्यपालीका सदस्यहरू, देउमल दर्जी र रत्न नेपाली, विभिन्न संघ संस्थाका प्रतिनीधीहरु, ईप्रका कुमालगाउँका प्रमुख दौलतसिंह भण्डारी, नेकपा एमाले ३ नं. का वडा कमिटी अध्यक्ष हिरामणी उपाध्यायलगायतको उपस्थिति रहेको थियो।

रेडियो बिहान ५ बजेदेखि १० बजेसम्म र वेलुकी ५ बजेदेखि राती १० बजेसम्म नियमित रूपमा सूचना, समाचार, विज्ञापन तथा समाज परिवर्तका लागि सन्देश मुलक गतिविधिहरूलाई जोड दिनका लागि दैनिक १० घण्टासम्म प्रसारण गर्ने स्टेशन प्रवन्धक खगेन्द बुढाले बताए।