बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं। मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।

आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बसेको हो। यो बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्ने अनुमान गरिएको छ। सरकारले सत्ता गठबन्धनमा रहेको माधव नेपाल समूहलाई सरकारमा ल्याउन सरकारले अध्यादेश ल्याउन लागेको हो।

जसपाको महन्त ठाकुर पक्षले पनि अध्यादेश माग गर्दै आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चाँडो अध्यादेश ल्याउन माग गरेको थियो। सरकारले सोमबार मात्रै संसद अधिवेशन अन्त्य गरेर अध्यादेशको बाटो रोजेको हो।