तालिवानले काबुलस्थित राष्ट्रपतिको कार्यालयमाथि कब्जा



काठमाडौँ। तालिबानले अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपतिको कार्यालयमाथि कब्जा जमाएको दाबी गरेको छ।

राष्ट्रपति अशरफ गनी आइतवारै देश छोडेर हिँडेपछि तालिबानले यस्तो दाबी गरेको हो। अफगानिस्तानको अधिकांश भाग नियन्त्रणमा लिएर काबुललाई घेरेको तालिबानले जनधनको क्षति नगर्न ुशान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामाु सहर प्रवेश नगरी काबुलको प्रवेशद्वारमा रहेको बताएको थियो।

तर सहरमा लुटपाट हुन नदिन तालिबान लडाकुलाई सहर पस्न अनुमति दिइएको तालिबानका एक प्रवक्ताले बताएका छन्। बीबीसीलाई अर्का एक प्रवक्ताले अफगानिस्तान र काबुलका बासिन्दाहरू डराउनु नपर्ने र तालिबानले बदला नलिने बताएका छन्।

स्थानीय पत्रकार बिलाल सार्वारीका अनुसार तालिबानसँग वार्ता गरिरहेका समूहले राष्ट्रपति कार्यालयमै शक्ति हस्तान्तरण हुने कुरो बताए पनि राष्ट्रपति गनीले आफ्ना सहयोगीहरू सहित देश छोडेका हुन्। राष्ट्रपति कार्यालयमा तालिबानले गरेको कब्जाबारे सरकारी अधिकारीबाट पुष्टि भएको छैन।