काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–नेपालका जनता साझा साँस्कृतिक र भाषिक सम्बन्धले एकजुट रहेको बताएका छन्।
भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्ना समकक्षी मोदीलाई ट्वीटरमार्फत दिएको शुभकामना तथा बधाईको प्रतिक्रियामा मोदीले सो कुरा बताएका हुन्।
उनले आफ्नो ट्वीटरमार्फत भनेका छन्, ‘म प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र शुभकामनाको लागि धन्यवाद दिन्छु। भारत र नेपालका जनता हाम्रो साझा सांस्कृतिक, भाषिक, धार्मिक र पारिवारिक सम्बन्धद्वारा एकजुट छन्।’