काठमाडौँ। अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन्।
सार्वजनिक एक भिडियोमा उनी जहाजमार्फत भागेका छन् भने उनले जहाज चढिसकेपछि विदाइको हात हल्लाएका छन्। उनी विदेश भाग्दा केही व्यक्ति सुक्क सुक्क रोएकोजस्तो भिडियोमा आवाज सुनिन्छ।
उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ। सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन्।
आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन्। तालिवान विद्रोही अफगानिस्तमानमा विजय नजिक रहेको समाचारमा जनाइएको छ।
Good bye 👋 Ghani
Now INSHAALLAH future of Afghanistan will be bright & secured.#Taliban#Afghanistan#Kabul pic.twitter.com/4ftoGhiays— Zabeeh Ullah Baloch (@ZabihBaloch) August 15, 2021