काठमाडौँ। अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले संक्रमणकालीन सरकारको लागि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका छन्।
तालिबानले आफ्ना लडाकूलाई काबुलको गेटमा नै रोकेको वक्तव्य जारी गरेसँगै गृहमन्त्री मिर्जाक्जवालले यस्तो बताएका हुन्। अफगानी जनताले चिन्ता लिनुपर्दैन, शहरमा कुनै आक्रमण हुने छैन र संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण हुनेछ,’ रेकर्डेड भाषणमा उनले भनेका छन्।
तालिबानले राजधानी शहर काबुललाई चारैतिरबाट घेरेको तर आफूहरुले युद्ध नचाहेको बताएको छ। अहिले तालिबान र सरकारी अधिकारीहरुबीच वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।