भारतीय दुतावासले मनायाे ७५औं स्वतन्त्रता दिवस (भिडियोसहित)



काठमाडौँ। नेपाल स्थित भारतीय राजदुतावासले ७५औं स्वतन्त्रता दिवस मनाएको छ।

नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राको प्रमुख आथित्थ्यतामा राजधानीको लैनचौर स्थित राजदुतावासमा उक्त दिवस मनाएको हो।

सन् १९४७ अगस्ट १५ तारेकका दिन विट्रिसबाट स्वतन्त्र बनेको भारतले त्यसयता हरेक अगस्ट १५ तारेक स्वाधिनता दिवस मनाउँदै आएको छ।

कार्यक्रममा दाजदुत क्वात्राले भने, ‘अगस्ट १५ भारती जनता र भारतका मित्रहरूको लागि महानपर्व हो। यस अवसरमा सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। नेपाल र भारतबीचको सम्बन्ध साँस्कृतिक आधारमा छ। जनमासका बीचमा छ। साँस्कृतिक पक्षले नेपाल र भारतीको सम्बन्धलाई थप मजबुद बनाउने पुलको काम गर्नेगर्छ।’

कार्यक्रममा दाजदुत क्वात्राले भारतीय राष्ट्रपति रामनाथ गोविन्दको सन्देश पढेर सुनाएका थिए।