सुर्खेत। शनिबार वीरेन्द्रनगरमा नेकपा एमालेको युवा संघ नेपाल कर्णाली प्रदेश कमिटी तथा पिपुल्स भोलिन्टियर (पिभि) घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ज्वालाले ओलीले कम्युनिष्टको नाममा मनोमानी गरेको बताए।
नेता ज्वालाले भने– ‘हामीले लडेर ल्याएको गणतन्त्र बहुआयामिक छ। जनप्रतिनिधिमूलक संस्थामाथि केपी ओली र राजा ज्ञानेन्द्रले गरेको प्रतिगमनमा केही फरक छैन।’ उनले थप भने– ‘राजाले गरेको प्रतिगमन हानिकारक हुने कम्युनिष्टको नाममा ओलीले गरेको प्रतिगमन सुन्दर र लोकतान्त्रिक हुने कुरा हुँदैन। जसरी राजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट नागार्जुन पुर्याइएको थियो, त्यसैगरी केपी ओलीको प्रतिगमन ढालेर बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्याइयो।’
रातोपाटीका अनुसार ओलीको प्रतिगमनलाई पराजित गर्न युवाहरुको अहम् भूमिका रहेको समेत उनले बताए। उनले भने– ‘दुई दुई पटक प्रतिगमन पराजित गरेर लोकतन्त्रलाई बचाएका छौँ ।’ नेता ज्वालाले केपी ओलीलाई भारतले एउटा पात्रको रुपमा प्रयोग गरिरहेको आरोप समेत लगाए । पार्टीको पोलिटब्युरो सदस्य समेत रहेका ज्वालाले ओलीको प्रतिगमनको अन्त्य माधव नेपालकै अगुवाइमा भएको जिकिर गरे ।
‘ओलीको सोच लोकतन्त्रको पक्षमा थियो कि थिएन भन्ने कुरा उतिबेला नै आन्दोलनको क्रममै पुष्टि भइसकेको थियो नि १ राजतन्त्रको विरुद्धमा सडकमा कार्यकर्ता लडिरहेका बेला बालकोटको छतबाट काजू खाँदै ओली भन्दै थिए ‘ बयलगाडा चढेर अमेरिका जान सकिँदैन’ ज्वालाले भने, ‘राजतन्त्र फाल्न असम्भव भन्थे ओली । तर,हामीले फाल्यौँ ।’ ओलीकै कारण एमाले पार्टी संकट परेको उनको आरोप छ ।