कांग्रेसको महाधिवेशन मंसिरमा



काठमाडौँ। नेपाली कांग्रेसले १४औं महाधिवेशन आउँदो मंसिर ९ गतेदेखि १३ गतेसम्म गर्ने भएको छ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार केन्द्रीय समिति बैठकले आगामी मंसिर ९ देखि १३ गते महाधिवेशन गर्ने निर्णय गरेको हो।

बैठकले भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउने समय तोकेको छ। भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेस बैठकले निर्णय गरेको छ।

वडाअधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते गर्ने काँग्रेसले निर्णय गरेको छ।

आसन्न भदौ १६ देखि १९ का लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि काँग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको हो।