काठमाडौँ। तिव्रिकोट फुटबल क्लव कालिकोटले फुटबल खेलाडीहरूलाई ड्रेस वितरण गरेको छ।
शनिबार जिल्लाको सदरमुकाम मान्ममा खेलाडीहरूलाई क्लवका अध्यक्ष सुरेश कुमार बम र कोषाअध्यक्ष बिनोद शाहीको उपस्थितिमा ड्रेस वितरण गरिएको हो।
आगामी दिनमा फुटबल क्षेत्रलाई मजबुद बनाउन, खेलाडीको दक्षता बृद्धि र उत्प्रेरणाका लागि खेलाडीहरूलाई ड्रेस वितरण गरिएको कोषाध्यक्ष शाहीले बताए।
शाहीका अनुसार कालिकोटमा खेलाडीहरूलाई अभ्यास गराउनका लागि आवश्यक र उचित मैदान छैन। खेलकुद क्षेत्रको व्यवसायीक रूपमा सञ्चालन गर्नको लागि कुनै जग्गा लिजमा लिएर खेलाडीहरूलाई ट्रेनिङ गराउनेमा क्लव लागि रहेकाे छ।
आगामी २ वर्षको लागि खेलाडीहरूलाई ड्रेस उपलब्ध गराउँने र अभ्यासका लागि आवश्यक प्रवन्ध मिलाउने जिम्मा आर.बि.फेसन इम्पाएर कलेक्सनले लिएकाे क्लबका सचिव सागर शाहीले कर्णाली सन्देशलाई जानकारी दिए।