बद्री पंगेनी र कबिता अर्यालको स्वरमा ‘मेरी छुनुमुनु’ (भिडियोसहित)



काठमाडौँ। लोकप्रिय गायक बद्री पंगेनी र कविता अर्यालको स्वरमा ‘मेरी छुनुमुनु’ बोलको तीज गीत बजारमा आएको छ।

नेपाली हिन्दु नारीहरूको महान पर्वका रूपमा मनाई तीजको अवरमा कलाकारहरू गीतका भाकाहरू बजारमा ल्याउने गर्दछन्। यसै क्रममा कबिता अर्याल र बद्री पंगेनीको संयुक्त प्रस्तुती रहेको मौलिक तीज गीत ‘मेरी छुनुमुनु’ बजारमा आएको हो।

शिव हमालको शब्द संगीत रहेको गीतको संगीत संयोजन विश्वास नेपालले गरेका हुन्। काजी श्रेष्ठको निर्देशनमा तयार पारिएको गीतमा शंकर बिसि र अञ्जली अधिकारीको अभिनय रहेको छ।

मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीतका दृश्यहरू राजेश घिमिरेले क्यामेरामा कैद गरेका हुन् भने म्युजिक भिडियोको सम्पादन दिपक बिष्टले गरेका हुन्।