कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकाले कोरोनाको हटस्पट बन्दै गएको स्थानमा भ्याक्सिन कार्यक्रम संचालन गरेको पाईएको छ।
पछिल्लो केही दिनयता ५ जना स्वास्थ्यकर्मी नै कोरोना पोजेटिभ देखिएको पालिकाको वडा नम्बर १ मा रहेको दोदोधरा स्वास्थ्यचौकीमै कोरोनाको भ्याक्सिन संचालन गरिएको पाइएको हो। स्वास्थ्यचौकीमा कार्यरत ११ जना स्वास्थ्यकर्मी मध्य ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्यचौकीले जनाएको छ।
स्वास्थ्यचौकीका अनुसार कोरोना जाँच गराएका ५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । गत २२ गते एकजना स्वास्थ्यकर्मीलाई एन्टिजोन पोजेटिभ देखिएपछि अन्य ४ जनाले कोरोना चेकजाँच गराएका थिए । उनीहरू सवैमा कोरोना पोजेटिभ रिपोर्ट आएको र बाकि स्वास्थ्यकर्मीको भने जाँच गराउन बाकी रहेको जनाइएको छ।
कोरोना कहरमा नागरिकको सेवामा जोखिम मोलेर खटिने स्वास्थ्यकर्मीनै कोरोना पोजेटिभ देखिन थालेपछि सेवा प्रवाहमा समस्या हुँदै गएको स्वास्थ्यचौकी इन्चार्ज सिनियर अ.हे.ब. नृपबहादुर बिष्टले बताए। जहाँ कोरोना पोजेटिभ देखिए त्यति भ्याक्सिन संचालन गर्न मिल्छ ? मानिसको भिडभाड गर्न मिल्छ ? भन्ने प्रश्नमा उनले पालिकाले कोभिड भ्याक्सिन संचालनको लागि अन्य वैकल्पिक स्थान तय नगर्दा यही कार्यालयबाट नियमित सवै सेवासहित भ्याक्सिन लगाउने काम गर्नुपरेको बताए।
हामीले २२ गतेनै एकजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि सुरक्षित मातृत्व र अत्यावश्यक सेवाबाहेक अन्य सेवा केही दिनकालागि बन्द गरेका थियौ,जुन निर्णय स्वास्थ्यचौकी व्यवस्थापन समिति तथा वडा नम्बर १ का अध्यक्ष जयरुप खतिवडा संगको छलफल बाटै गरिएको थियो बिष्टले भने तर पालिकाले निर्देशनात्मक दवाब दियो।
स्वास्थ्यचौकीले गत २२ गते पालिकालाइ पठाएको र सार्वजनिक गरेको सूचनामा एकजना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ देखिएपछि सुरक्षित मातृत्व र अत्यावश्यक सेवा संचालन रहने र गरिएको उल्लेख छ भने २४ गते पालिकाले सिधै स्वास्थ्यचौकी इन्जार्ज बिष्टलाई गरेको निर्देशनात्मक पत्रमा सो कार्यालयबाट सवै सेवा बन्द गरिएको भन्ने सूचना प्राप्त भयो, यसरी आफुखुशी स्वास्थ्यचौकीको सेवा बन्द गर्नुको कारण केहो ? कुनैपनी बहानामा नागरिकको आधारभुत स्वास्थ्यसेवा बन्द गर्नु कानुन सम्वत छ ? भनिएको छ । यसैगरी अविलम्ब सम्पुर्ण सेवा सुचारु नगरिए कानुन बमोजिम कारवाही गरिनेछ भनिएको छ।
स्वास्थ्यकर्मीनै कोरोनाको उच्च जोखिममा परेपछि हामीले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा केही दिनका लागि बन्द गर्ने निर्णयमा पुगेका थियौ, स्वास्थ्य संस्था भनेको दैनिक भिडभाड हुने स्थान भएकाले जोखिम न्यूनीकरणका लागि केहीदिन कम्युनिकेशन ग्याप गर्न खोजेका थियौ तर पालिकाको निर्देशनमा जोखिमसहित काम गर्नुपर्ने स्थिती आएको हो, दोदोधरा स्वास्थ्यचौकीमा कार्यरर अन्य स्वास्थ्यकर्मी भन्छ्न- अहिले ५ जना साथीहरु कोरोना पोजेटिभ हुनु भएको छ बाकीको चेकजाँच गरिएको छैन। जोखिमकै बिचमा कोरोना भ्याक्सिन समेत यहि कार्यालयबाटै संचालित छ।