काठमाडौँ। लोकप्रिय गायिका सुनितामी परियार र जीवन परियारको युगल स्वरमा ‘नगरिस्यो कर’ बोल तीज गीत बजारमा आएको छ।
बिहिबार गायिका परियारको युट्युव च्यानलमार्फत बजारमा पठाइएको उक्त गीतमा जीवनको संगीत रहेको छ भने सुमन श्रापितको शब्द रहेको छ। कृष्ण लामिछानेको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो प्रकाश क्षेत्रीले निर्देशन गरेका हुन्।
उक्त गीतमा सन्ध्या सानु र द्रोण केसीको अभिनय रहेको छ। नवराज थापाले गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन् भने वीर बहादुर थारुले भिडियो सम्पादन गरेका हुन्।