कर्णालीमा धान रोपाइँ सम्पन्न



सुर्खेत। साउनको अन्तीम हप्तासम्म आइपुग्दा कर्णाली प्रदेशमा धान रोपाइँ सम्पन्न भइसकेको छ।

त्यस्तै तथ्याङ्क अनुसार देशभर ९७.८९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कर्णालीमा धान रोपाइँ सम्पन्न भएपनि अन्य प्रदेशमा केही प्रतिशत रोपाइँ गर्न बाँकी छन्।

सुदूरपश्चिममा ९९.०६ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.९५ प्रतिशत, वाग्मती प्रदेशमा ९८.०८ प्रतिशत, गण्डकीमा ९८.६४ प्रतिशत, प्रदेश २ मा ९६.८० प्रतिशत र प्रदेश १ मा ९६.८३ प्रतिशत रोपाईं भएका छन्।

नेपालमा कुल १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ हुन्छ। त्यसमध्ये हालसम्म १३ लाख ४२ हजार ८१९।९४२ हेक्टरमा रोपाईं भइसकेको छ।