काठमाडौँ। गैरआवासीय नेपाली संघका संस्थापक तथा समाजसेवी शेरबहादुर सुनारलाई एनआरएनए यूकेको प्रमुख संरक्षकमा नियुक्त गरिएको छ।
एनआरएनएको विकास, यूकेमा रहेका नेपालीहरुको हक, अधिकार र सुख दुःखका सारथीको परिचय बनाएका सुनार अघिल्लो निर्वाचनमा अध्यक्षका प्रत्यासीसमेत हुन्। सुनारलाई उक्त निर्वाचनमा धाँदली गरेर पराजित गराइएको दाबी गरिएको थियो ।
एनआरएनए यूकेलाई सामाजिक रूपमा विभाजन गर्न खोज्नेहररूका विरुद्धमा चर्को आवाज बोल्ने सुनार यूकेवासी नेपालीहरूका अभिभावकका रुपमा चिनिन्छन्।
यसपालि सुनारले समावेशी प्रजातान्त्रिक समूहलाई विजयी गराउन महत्वपूर्ण भूमिका खेलेका थिए। यसपालि प्रजातान्त्रिक समूहका प्रेम गाहा मगरको पूरै प्यानलसहित विजयी बनेका छन्।