काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालमाथि हमला गर्ने क्रममा प्रचण्डसँग मिलेर पार्टी ध्वस्त बनाएको आरोप लगाएका छन्।
सोमबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर पार्टी नेतृत्वकै सरकार ढालेको आरोप लगाएका छन् । उनले नेपालबारे आफ्नो कुनै टिप्पणी नरहेको पनि बताए। माधव नेपालहरुको बारेमा केही भन्नु छैन।
पुष्पकमल दहालसँग मिलेर यो पार्टी ध्वस्त पार्न लाग्नुभयो, देउवासँग मिलेर आफ्नो सरकार ढालेर दक्षिणपन्थी गठबन्धन बनाउन लागे’, केन्द्रीय समिति बैठकमा ओलीले भने, ‘साथीहरु माधवजीलाई केही नभन भन्नुहुन्छ। म भन्न पनि चाहान्न धेरै साथीहरुले कुरा बुजिसके सबै फर्कनुहुन्छ।
छिटो छिटो आएर पार्टीलाई गति दिन अनुरोध गर्दछु।’ अब पार्टीभित्र गुट र समानान्तर गतिविधि भइरने अबस्था अन्त्य हुने पनि ओलीले जिकिर गरे।