भारतमा कोरोना सङ्क्रमन बढ्दै



भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ४९९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । अघिल्ला दिनहरुको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा क्रमशः कम हुँदै आएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शनिबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिएका थिए भने शुक्रबार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ सङ्क्रमित भएको उल्लेख थियो ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड १९ लाख ६९ हजार ९५४ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख दुई हजार १८८ रहेको रहेको छ । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या घटेको छ ।

थपिएका सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घटेको हो । पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ३९ लाख ६८६ रहेको छ । योसँगै भारतमा अहिलेसम्म तीन करोड ११ लाख ३९ हजार ४५७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७।४० प्रतिशत हो ।
भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ४४७ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कूल मृतकहरुको सङ्ख्या चार लाख दुई हजार १८८ पुगेको छ ।