काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन धकेलिएको मितिमा पनि गर्न नसकेर नेतृत्वले निर्वाचन आयोगसँग भिख माग्नुपर्ने अवस्थामा पुर्याइएको बताएका छन्।
सोमबार सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेका छन्, ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ। असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। देशको संविधानलाई समातेर छ महिना बढाइयो। आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरिह अवस्थामा पुर् याइएको छ।’
उनले कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई कडा प्रहारसमेत गरेका छन्। उनले भनेका छन्,‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ? यो देशकै विडम्वना हो। सर्वत्र असफल व्यक्तिहरु वारवार सत्ता समाल्न पुग्छन्।’