काठमाडौँ। जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत उपलव्ध गराइएको एस्ट्राजेनेका खोपको पहिलो खोप नेपालमा आइपुगेको छ।
कतार एयरवेजको विमानमार्फत ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। जापान सरकारले नेपाललाई १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
सोही योजनाअनुसार शनिबार र आइतबार ८ लाख डोज खोप नेपाल भित्रिने बताइएको छ। बाँकी ८ लाख डोज कहिले आउने भन्ने विषय भने टुंगो लागिसकेको छैन। सरकारले आगामी असोज महिनाभित्र १ करोड बढी खोप ल्याउने तयारी गरेको छ।