यस्तो छ सरकारको न्युनतम साझा कार्यक्रम



काठमाडौँ। कांग्रेस महामन्त्री पूर्णवहादुर खड्का नेतृत्वको कार्यदलले सरकार सञ्चालनका लागि तयार पारेको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डलगायतका शीर्ष नेताहरुलाई बुझाएको छ।

कार्यक्रममा स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउने सुझाव समावेश गरेको बुझिएको छ। शुक्रबार शीर्ष नेतालाई बुझाएको गठबन्धनको सरकारको न्यूनतम साझा कार्यक्रममा विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको अधिकार शुनिश्चित गर्न भनिएको छ।

गठबन्धन सरकारका प्राथमिकतामा कोभिड महामारीबाट उत्पन्न मानवीय संकटको समाधान गर्ने, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने, राजनीतिक दलहरुबीच सहमतिमा संविधान संशोधनका लागि पहल गर्ने र संघीयता कार्यन्वयन जस्ता विषयलाई राखिएको छ।

मस्यौदा कार्यदलमा कांग्रेसबाट महामन्त्री खड्कासहित रमेश लेखक र मिनेन्द्र रिजाल छन् भने माओवादीबाट देव गुरुङ र वर्षमान पुन तथा जसपाबाट महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ छन्।

तस्बिर: प्रचण्डको सचिवालय