मुख्यमन्त्री शाहीले लिए सेवा प्रवाहबारे जानकारी



सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको सेवा प्रवाहको बारेमा जानकारी लिएका छन्।

शुक्रबार मुख्यमन्त्री शाहीले आगामी दिनमा अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य सामाग्री खरिदलगायतको आवश्यकता तथा नयाँ कार्यक्रम तय गरी बजेट माग गर्न अस्पतालका निर्देशक डा.डम्वर खड्कालाई निर्देशन दिएका छन्।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको सबैभन्दा विश्वासिलो र भरपर्दो अस्पतालको रुपमा विकास गर्न प्रदेश सरकार लागिरहेको बताए। उनले उपचारत बिरामीहरुको स्वास्थ्य अवस्थाका बारे जानाकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेका छन्।

साथै मुख्यमन्त्री शाहीसहीत कर्णाली प्रदेशका प्रमुख सचिव र सम्पूर्ण मन्त्रालयका सचिवहरुले प्रदेश अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणसमेत गराएका छन्।

तस्बिर: मुख्यमन्त्रीको सचिवालय