पूर्वप्रधानमन्त्री झलनाथ खनालको अवस्थामा सुधार



काठकाडौँ। भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको अवस्थामा सुधार आइरहेको उनको परिवारका एक सदस्यले बताएका छन्।

तर उनी सघन उपचार कक्षमा चिकित्सकीय निगरानीमा छन्। खनालको बुधवार मिर्गौला प्रत्यारोपण गरिएको थियो। उहाँको पाचनसम्बन्धी सबै प्रक्रिया र मापकहरू सबै सामान्य छन्, छोरा निर्भिक चित्रकार खनालले भने, अहिले इम्यूनोसप्रेसन्ट (प्रत्यारोपित अङ्गलाई शरीरले अस्वीकृत गर्न रोक्ने औषधि) प्रयोग गरिएका कारण आईसीयूमा राखिएको छ। खनाल लाई अझै १० दिन आईसीयूमा राखिने बताए। उहाँले आजबाट नरम खानेकुरा खान पनि सुरु गर्नुभएको छ।

नेपालमा खनालको नियमित जाँच तथा उपचारमा संलग्न मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेका अनुसार सङ्क्रमणको जोखिमका कारण खनाललाई अझै केही समय चिकित्सकीय निगरानीमा राखिन लागेको हो। खनाललाई ससुरालीतर्फका एक आफन्तले मिर्गौला दान गरेको भनिएको छ। तर, ती व्यक्तिको परिचय खुलाइएको छैन।