एमाले विवाद: नेपाल पक्षको बैठकले वारपार गर्ला ?



काठमाडौँ। नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएसँगै पार्टीभित्रको विवाद वारपार हुने दाबी गरिएको छ।

राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको छ। बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन्। केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो।

स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको बताइएको छ। आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ।

पाण्डे र भट्टराई अनुपस्थित

नेपाल पक्ष नेता डा.सुरेन्द्र पाण्डे र योगेश भट्टराई आजको बैठकमा अनुपस्थित रहेका छन्। नेपालको सचिवालयले पाण्डेको पीएसओलाई कोरोना संक्रमण भएको र योगेशको पनि आफन्तलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेको दावी गरेको छ।

तर, नेता भट्टराई सर्वोच्चमा हस्ताक्षेर गर्न जादादेखि नै बाहिर बसेका छन्, पाण्डे साउन ३ गते प्रम शेरबहादुर देउवालाई विश्वासको मत दिदा वहिष्कार गरेर हिडेका थिए।