मुख्यमन्त्री पोखरेलको निवासमा वलीलाई पाँच दिन बन्धक



काठमाडौँ। लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री (वली) ले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आफूलाई पाँच दिनसम्म बन्धक बनाएको स्पष्ट पारेकी छन्।

साथै वलीले बिहीबार पत्रकार सम्मेलन गर्दै गत साउन १५ गते आफु उपचारका लागि नेपालगञ्ज जान लागिरहेका बेला ढकाल र रावत घरमै आएर आफुहरु पनि नेपालगञ्ज नै जान लागेको र पुर्याइदिने भनेर आफु गाडीमा बसेको तर उनीहरुले नेपालगञ्ज लैजानुको साटो गाडी बुटवलतर्फ हुँइक्याएको बताएकी छन्।

‘म बिरामी छु, उपचारका लागि नेपालगञ्ज जाँदैछु जान दिनुस् भन्दा ढकाल र रावतले हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाउ पुर्याइदिन्छौ भन्नुभयो’ वलीले पत्रकार सम्मेलनमा भनिन्, ‘जिम्मेवार नेताले त्यसो भनेपछि विश्वास गरेर गाडीमा बसे।’

उनले गाडी तुलसीपुरबाट नेपालगन्जतर्फ जानुपर्नेमा बुटवलतर्फ मोडिएपछि प्रतिवाद गर्दा बुटवल पुगेर मुख्यमन्त्रीलाई भेटेर जाने भन्दै एकैपटक मुख्यमन्त्री निवास पुर्याएको बताएकी छन्।