मप विश्वविद्यालयमा रिले अनसन सुरु



काठमाडौँ। मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले बुधबारदेखि रिले अनशन शुरु गरेका छन्।

विद्यार्थी नेता ममता अधिकारीका अनुसार आफूहरुले अघि सारेका १८ बुँदे मागको विश्वविद्यालयले बेवास्ता गरेको भन्दै अनिश्चितकालका लागि रिले अनशन शुरु गरेको बताईन।

उनले भनिन्, ‘हाम्रा मागहरु मप विश्वविद्यालय प्रशासनले वास्ता गरेन। ‘नो भ्यासिन, नो इक्ज्याम’ भन्दै हामीहरु आन्दोलित छौं। हामीले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका थियौं। त्यसैअनुरुप बुधबारदेखि रिले अनशन शुरु गरेका हौं।’

त्यस्तै मप विश्वविद्यालयमा विद्यार्थीसँगै प्राध्यापकहरू पनि आन्दोलीत छन्। विशेषगरी उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको कार्यशैलीप्रति विद्यार्थी र प्राध्यापकहरूले असन्तुष्ट जनाइरहेका छन्। आन्दोलनका कारण विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरु सञ्चालन हुन् सकिरहेका छैनन् भने पठन–पाठनमा अवरोध सिर्जना भइरहेको छ।