मनाङ र मुस्ताङमा लगाइयो कोरोनाभाइरसविरुद्धको खोप



काठमाडौँ। डेढ महिनाभन्दा बढी समयदेखि सडक सम्पर्कबाट विच्छेद भएको हिमालपारिको जिल्ला मनाङका १८ वर्ष माथिका ूसबै नागरिकलाई कोरोनाभाइरसविरुद्धको खोप लगाइएकोू त्यहाँको स्वास्थ्य कार्यालयले जनाएको छ।

जताततै खोपको माग भइरहेको समयमा मुलुकका ७७ जिल्लामध्ये मनाङ १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड(१९ विरुद्ध खोप लगाउने पहिलो जिल्ला बनेको छ।

लगत्तै हिमालपारिको अर्को जिल्ला मुस्ताङमा पनि ूसबै योग्य सर्वसाधारणले कोभिडविरुद्धको खोप प्राप्त गरेकोू अधिकारीहरूको भनाइ छ।