काठमाडौँ। राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्।
मंगलबार एक विज्ञप्ति जारी गर्दै खड्काले देशका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भनेका छन्न्दै। विज्ञप्तिमा उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहेको समेतउल्लेख गरेका छन्।
क्रिकेटर खड्काले दुई दशक खेल मैदानमा बिताएका यादहरुको स्मरण गर्दै नेपाली क्रिकेटलाई सबै मिलेर नयाँ उचाइमा पुर्याउनु पर्नेमा जाेड दिएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुङ्गिए पनि नेपाली क्रिकेटको लागि थप केही योगदान दिने बताएका छन्। खड्काले सन् २००२ देखि क्रिकेट यात्राको सुरुआत गरेका गरेका थिए। यू १५ टोलीबाट क्रिकेट खेल्न थालेका उनी सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्वमा थिए।
खड्काले राष्ट्रिय टिमको क्याप्टेनबाट १५ अक्टोबर २०१९ मा राजीनामा दिएका थिए। उनकै कप्तानीमा नेपाली क्रिकेट टिमले उल्लेख्य प्रगति र उपाधि जित्न सफल भएको थियो।